संघीय संसदका प्रवक्ता रोजनाथ पाण्डेमा कोरोना संक्रमण पुष्टि

संघीय संसदका प्रवक्ता रोजनाथ पाण्डेमा कोरोना संक्रमण पुष्टि

काठमाडौं २२ साउन। संघीय संसदका प्रवक्ता रोजनाथ पाण्डेमा कोरोना संक्रमण पुष्टि भएको छ ।

वन व्यवस्थापनबारे अनुगमन गर्न सिन्धुली हुँदै सुदूरपश्चिमसम्म सांसदको सार्वजनिक लेखा समितिका सदस्य प्रदीप यादवसंगै गएका रोजनाथ पाण्डेमा कोरोना संक्रमण पुष्टि भएको हो।

उक्त टोलीमा रहेका सांसद यादवलाई कोरोना संक्रमण पुष्टि भएपछि प्रवक्ता पाण्डेसहितका सचिवालयका ८ जना कर्मचारीमा पनि कोरोना परीक्षण गरिएको थियो ।

पाण्डेले आफ्नो रिर्पोट पोजेटिभ आएको जानकारी दिए ।



ट्रेन्डिङ