भारतको गुजरातमा एक कोरोना अस्पतालमा आगलागी हुँदा ८ जनाको मृत्यु

भारतको गुजरातमा एक कोरोना अस्पतालमा आगलागी हुँदा ८ जनाको मृत्यु

चितवन २२ साउन। भारतको गुजरातमा एक कोरोना अस्पतालमा आगलागी हुँदा ८ जनाको मृत्यु भएको छ। गुजरातको अहमदाबादस्थित नवरंगपुरा इलाकामा कोभिड अस्पतालमा आगलागी हुँदा ८ बिरामीको मृत्यु भएको हो ।

आगलागी भएर आठ जना कोरोना बिरामीको ज्यान गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। श्रेय अस्पताल कोरोना संक्रमितहरुको लागि प्रयोग हुँदै आएको छ। आगो आईसीयू कक्षमा लागेको बताइएको छ। आगलागीमा परी एकजना पारा मेडिकल स्टाफ घाइते भएका छन्।

४१ बिरामीलाई सरदार वल्लभ भाइ पटेल (एसवीपी) अस्पतालमा सिफ्ट गरिएको छ । शवलाई पोर्टमार्टमका लागि पठाइएको छ ।भारतीय सञ्चार मिडिया दैनिक भास्करलाई प्रहरीले दिएको जानकारी अनुसार श्रेय अस्पतालमा बिहिबार सबेरै साढे तीन बजे आइसीयूबाठ आगलागी सुरु भएको हो । त्यसपछि आगो दोस्रो वार्डमा फैलियो । आगो सर्ट सर्किटका कारण लागेको बताइएको छ ।

यहाँ कोभिडका बिरामीका लागि ५० वटा बेड छ । दुर्घटनाका बेला ४० देखि ४५ बिरामी भर्ना थिए । आगलागी पश्चात फोरेन्सिक विभागको टोली अनुसन्धानको लागि पुगेको छ। यस घटनालाई लिएर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलगायत नेताहरुले दुःख व्यक्त गरेका छन्।

 



ट्रेन्डिङ