सप्तरीमा मृत्यु भएका १ जनामा कोरोना पुष्टि

सप्तरीमा मृत्यु भएका १ जनामा कोरोना पुष्टि

सप्तरी २२ साउन। सप्तरीमा कोरोना भाइरस (कोभिड-१९) जस्तै लक्षण देखिएर मृत्यु भएका १ जनाको पीसीआर पोजिटिभ देखिएको छ ।

मलेसियाबाट आएर होम क्वारेन्टाइनमा बसिरहेका सप्तरीको रूपनी गाउँपलिका-५ का ४५ वर्षीय पुरुषमा मृत्युपछि पीसीआर पोजिटिभ देखिएको हो ।

मंगलबार अचानक ज्वरो आएर श्वास फेर्न गाह्रो भएपछि उपचारका लागि उनलाई राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल ल्याइएको थियो ।

त्यहाँ उपचार सम्भव नभएपछि धरान रेफर गरिएको थियो । धरान लैजाँदै गर्दा मंगलबार राति बाटोमै उनको मृत्यु भएको थियो ।



ट्रेन्डिङ