बेरुतमा भएको शक्तिशाली विस्फोटमा परी मृत्यु हुनेको संख्या १ सय ३५ पुग्यो

बेरुतमा भएको शक्तिशाली विस्फोटमा परी मृत्यु हुनेको संख्या १ सय ३५ पुग्यो

काठमाडौं २२ साउन। मंगलबार लेबनानको राजधानी बेरुतमा भएको शक्तिशाली विस्फोटमा परी मृत्यु हुनेको संख्या १ सय ३५ पुगेको छ ।

विस्फोटमा ४ हजार मानिस घाइते भएका छन् भने झण्डै ६० जनाभन्दा बढी बेपत्ता भएको अनुमान छ।

लेबनान सरकारले दुई हप्ताका लागि संकटकाल घोषणा गरेको छ।

राष्ट्रपति मिचेल औनले २ हजार ७ सय ५० टन अमोनियम नाइट्रेटको भण्डारमा विस्फोट भएको बताएका छन्।

अमोनियम नाइट्रेट रासायनिक मलका लागि प्रयोग हुने वस्तु हो। सरकारले विस्फोटको कारणबारे अनुसन्धान सुरु गरेको छ। यसका लागि बन्दरगाहका अधिकारीहरुलाई नजरबन्दमा राखिएको छ।



ट्रेन्डिङ