PBM News
भारतमा पछिल्लो २४ घण्टामा ५६ हजार २ सय ८२ नयाँ संक्रमित फेला परे

चितवन २२ साउन। छिमेकी मुलुक भारतमा पछिल्लो २४ घण्टामा ५६ हजार २ सय ८२ नयाँ संक्रमित फेला परेका छन्।
यससंगै भारतमा कोरोना संक्रमितको संख्या १९ लाख ६४ हजार ५ सय ३७ रहेको छ ।
पछिल्लो २४ घण्टामा कोरोनाबाट ९ सय ४ को मृत्यु भएको छ । यससंगै मृत्यु हुनेको संख्या ४० हजार ६ सय ९९ पुगेको छ ।
संक्रमितको संख्या मध्ये १३लाख २८ हजार ३ सय ३७ मानिस ठिक भएका छन् ।
५ लाख ९५ हजार ५ सय १ जनाको उपचार चलिरहेको छ ।