PBM News
प्रदेश २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवलाई कोरोना सक्रमण पुष्टि

चितवन २२ साउन। बुधबार साँझ प्रदेश २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवलाई कोरोना सक्रमण पुष्टि भएको छ।
बुधबार साँझ आएको रिपोर्टमा आफूलाई कोरोना पोजेटिभ देखिएको मन्त्री यादवले जानकारी दिए।
साउन १८ गते काठमाडौंबाट फर्केका मन्त्री यादवले १९ गते स्वाब दिएका थिए। कोरोना संक्रमण पुष्टि भए पनि आफूमा कुनै लक्षण नदेखिएको उनले बताए।
‘हिजो मेरो रिपोर्ट पनि पोजेटिभ आएको छ, सर्तकता अपनाई यससँग लड्ने छु,’ उनले भने।
उनले आफ्नो सम्पर्कमा आएका सबैलाई कोरोना परीक्षण गराउन अपिल गरेका छन्। उनी अहिले सरकारी निवासममै सेल्फ क्वारेन्टिनमा छन्।