भोलिदेखि देशभर जोर विजोर प्रणाली लागु

भोलिदेखि देशभर जोर विजोर प्रणाली लागु

काठमाडौं २१ साउन। भोलिदेखि सरकारले देशभर निजी तथा सार्वजनिक सवारी साधनमा जोर विजोर प्रणाली लागू गरेको छ ।

कोरोनाको जोखिम बढ्दै गएपछि प्रधानमन्त्रि ओलिले विज्ञहरुसंग छलफल गरेका थिए। मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको छलफलमा पनि विज्ञहरुले पूर्ण लकडाउन गर्नुको साटो स्वास्थ्य मापदण्डमा कडाई गर्न र जोरविजोर लगाउन सुझाएका थिए।

कोरोना भाइरस (कोभिड–१९) को जोखिम बढेसँगै जोर विजोर लागू गरिएको गृह मन्त्रालयका प्रवक्ता सहसचिव चक्रबहादुर बुढाले जानकारी दिए ।

काठमाडौं उपत्यकासहित २०० जना भन्दा बढी कोरोना संक्रमित रहेको जिल्लामा जोर विजोर प्रणाली लागू हुनेछ ।



ट्रेन्डिङ