कोरोना भाइरसको संक्रमणका कारण काठमाडौंमा एक जनाको मृत्यु

कोरोना भाइरसको संक्रमणका कारण काठमाडौंमा एक जनाको मृत्यु

काठमाडौं २१ साउन। कोरोना भाइरस (कोभिड–१९) को संक्रमणका कारण काठमाडौंमा एक जनाको मृत्यु भएको छ ।

सर्लाही मलंगवा नगरपालिका-६ की ६५ वर्षीया वृद्धाको बुधबार मध्यान्ह साढे १२ बजे मृत्यु भएको अस्पतालका प्रवक्ता एसपी डा. प्रविन नेपालले जानकारी दिए।

‘गत शुक्रबार (१६ गते) मनमोहनमा भर्ना गर्दा उनलाई भेन्टिलेटरमा राखिएको थियो,’एसपी डा नेपालले भने,’उनको त्यही दिन कोरोना परीक्षण गर्न स्वाब झिकिएको थियो।’

आइतबार उनमा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको डा. नेपालले जानकारी दिए।

उनलाई निमोनियाका साथै स्क्रब टाइफस समेत देखिएको थियो ।

उनको शव व्यवस्थापन नेपाली सेनाले गर्ने तयारी थालेको छ।

त्यस्तै, वृद्धाको मृत्यु भएपछि कुरूवा बसेका उनका दुई छोराको पनि कोरोना भाइरसको परीक्षण गर्न बुधबार स्वाब संकलन गरिएको छ।



ट्रेन्डिङ