केयर बाल गृहबाट ११ जना बालिकाको उद्धार

केयर बाल गृहबाट ११ जना बालिकाको उद्धार

काठमाडौं २१ साउन। बुधबार राष्ट्रिय बालअधिकार परिषदले कपनको केयर बाल गृहबाट ११ जना बालिकाको उद्धार गरिएको छ।

कपनको चउरमा बालिका भेटिएको भन्दै झूटो प्रचार गरेको खुलेपछि बुधबार राष्ट्रिय बालअधिकार परिषदले त्यहाँका ११ जना बालिकाको उद्धार गरेको हो।

यो बालगृह सञ्चालक पुष्पा अधिकारीले हालै बालगृहलाई बुझाएको शिशु चौरमा भेटिएको भनी झुटो प्रचार गरेको सार्वजनिक भएको थियो ।

बुधबार परिषद र केन्द्रीय बालबालिका खोजतलास समन्वय केन्द्रले बुढानीलकण्ठ नगरपालिकाको महिला, बालबालिका एवं ज्येष्ठ नागरिक शाखा र बुढानीलकण्ठ नगरपालिका– ११ का वडाध्यक्ष राजु अधिकारीको रोहबरमा ११ जनाको उद्धार गरिएको हो ।

उद्धार गरिएकी बालिकाहरूलाई केही समयको लागि मापदण्ड पूरा भएको गृहमा राखिने उनले बताए।

केयर बाल गृहकी संस्थापक पुष्पा अधिकारीले १५-१६ जना बालबालिकाको संरक्षण गर्दै आएकी बताएकी थिइन्।

 

 

 



ट्रेन्डिङ