नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ६० पुग्यो

नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ६० पुग्यो

चितवन २१ साउन। नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट मृत्यु हुनेको संख्या ६० पुगेको छ।

पर्सामा कोरोनाका कारणले थप दुईजनाको मृत्यु भएको हो। वीरगन्ज हेल्थ केयर अस्थायी कोभिड अस्पतालमा उपचारका क्रममा बुधबार बिहान वीरगन्ज १५ का ४६ वर्षीय पुरुषको मृत्यु भएको हो। उनमा साउन १९ गते राति कोरोना संक्रमण पुष्टि भएको थियो।

यस्तै गत सोमबार राति उपचारका लागि वीरगन्जको नेशनल मेडिकल कलेजमा ल्याउने क्रममा बाटोमै मृत्यु भएकी पर्साको पोखरीया नगरपालिका ८ की १८ वर्षीया युवतीमा भने मङगलबार राति संक्रमण पुष्टि भएको थियो।

पर्सा जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १७ पुगेको छ। साउनमा मात्रै पर्सामा १३ जनाको मृत्यु भएको हो।

 

 



ट्रेन्डिङ