पछिल्लो २४ घण्टामा नेपालमा ३ सय ८१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

चितवन २१ साउन। पछिल्लो २४ घण्टामा नेपालमा ३ सय ८१ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २१ हजार ३९० पुगेको छ।
त्यस्तै विगत २४ घण्टामा १ सय ३० जना कोरोनामुक्त भई घर फर्किएका छन्।
प्रवक्ता गौतमले हालसम्म १५ हजार १ सय ५६ जना कोरोनाबाट निको भएको जानकारी दिए। हालसम्म ७०. ८ प्रतिशत निको भएका छन्। मन्त्रालयका अनुसार नेपालमा पाँच सय बढी संक्रमित हुने जिल्ला रौतहट, महोत्तरी र कैलाली हुन्। अहिले कोरोना संक्रमण शून्य हुने जिल्लाको संख्या भने चार पुगेको छ।
प्रवक्ता गौतमका अनुसार भोजपुर, संखुवासभा, मनाङ र मुस्ताङमा कोरोना संक्रमण शून्यमा झरेको हो।
विगत २४ घण्टामा ६ हजार ३ सय ५९ जनाको पिसिआर परीक्षण भएको छ। हालसम्म ४ लाख १२ हजार बढीको पिसिआर परीक्षण भएको छ।