मदन पुरस्कार-२०७६ का लागि छनोट भए ७ पुस्तक

मदन पुरस्कार-२०७६ का लागि छनोट भए ७ पुस्तक

चितवन २१ साउन। मदन पुरस्कार-२०७६ का लागि ७ पुस्तक छनोटमा परेका छन् । मदन पुरस्कार गुठीले ‘मदन पुरस्कार-२०७६’का लागि ७ वटा पुस्तक छनोट गरेको हो । गुठीले २०७६ मा प्रकाशित भएर प्राप्त भएका १५१ पुस्तकमध्येबाट पुरस्कारका लागि ७ पुस्तक छनोट गरेको हो ।

मदन पुरस्कारका लागि विमल निभाको ‘जोकरको बन्दुक’, तीर्थ श्रेष्ठको ‘धर्सैधर्साको चक्रब्यूह’, भुवन ढुङ्गानाको ‘परित्यक्ता’, योगी धर्ममहारसको ‘महारसनिघण्टु (खण्ड १–३)’, चन्द्रप्रकाश बानियाँको ‘महारानी’, ललित विष्टको ‘मोहपथ’ र शारदा शर्माको ‘यात्रामा’ छनोट गरेको छ ।

प्राप्त पुस्तकमध्येबाट बढीमा उत्कृष्ट १० पुस्तकको सूची तयार गर्न गठन भएको समितिले यी ७ पुस्तकहरूको सूची गुठीलाई उपलब्ध गराएको हो । छनोटमा परेका यी पुस्तकमध्ये एउटा पुस्तकलाई २०७६ सालको मदन पुरस्कार प्रदान गरिनेछ ।



ट्रेन्डिङ