वीरगञ्जमा थप एक जना कोरोना संक्रमितको मृत्यु

वीरगञ्जमा थप एक जना कोरोना संक्रमितको मृत्यु

वीरगञ्ज २१ साउन। वीरगञ्जमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। वीरगञ्जस्थित हेल्थ केयर अस्थायी कोभिड अस्पतालमा उपचाररत ४६ वर्षीय पुरुषको मृत्यु भएको हो।

उनी गए राति ९ बजे ज्वरो र श्वासप्रश्वासमा समस्या देखिएपछि अस्पताल भर्ना भएका थिए।

उनको बुधबार बिहान ६ बजे मृत्यु भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ड डा मदन उपाध्यायले जानकारी दिए। उनी वीरगञ्ज- १५ निवासी हुन्।

योसँगै नेपालमा मृत्यु हुने कोरोना संक्रमितको संख्या ६० पुगेको छ।



ट्रेन्डिङ