सिंहदरबार प्रवेशमा कडाइ

सिंहदरबार प्रवेशमा कडाइ

चितवन २१ साउन। सिंहदरबारभित्र पनि कोरोना भाइरस संक्रमित फेला परेपछि मुलुकको प्रमुख प्रशासकीय केन्द्र सिंहदरबार प्रवेशमा कडाइ गरिएको छ।

गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले सिंहदरबार प्रवेशमा कडाइ गर्ने निर्णय नभए पनि सावधानी भने अपनाइएको जानकारी दिए।

‘कडाइ गर्ने कुनै निर्णय मन्त्रालयबाट भएको छैन,’ उनले भने, ‘तर सावधानी अपनाउन भनिएको छ। मास्क नलगाई सिंहदरबारभित्र प्रवेश गर्न पाइँदैन।’



ट्रेन्डिङ