जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक पहिलो पटक बस्दै

जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक पहिलो पटक बस्दै

चितवन २१ साउन। आज (बुधबार) तत्कालीन राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टी मिलेर बनेको जनता समाजवादी पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दैछ।

बैठक पहिलो पटक बस्न लागेको हो। जसपाको केन्द्रीय कार्यकारिणी समितिका ५१ जना सदस्य छन्।

बैठक बुधबार दिउँसो १ बजेदेखि बालकुमारीस्थित तुलसीलाल प्रतिष्ठानको हलमा बस्नेछ।

बैठकमा नेताको जिम्मेवारी र कार्यविभाजन तोकिने लगायतका काम हुने नेता केशव झाले जानकारी दिए।



ट्रेन्डिङ