नेपाली बजारमा सुनको मूल्यले बनायो नयाँ कीर्तिमान, तोलाको एक लाख नाघ्यो

नेपाली बजारमा सुनको मूल्यले बनायो नयाँ कीर्तिमान, तोलाको एक लाख नाघ्यो

चितवन २१ साउन। नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको छ । सुनको भाउ एक लाख नाघेको छ।

पछिल्लो महिना सुनको मूल्यले एकपछि अर्को कीर्तिमान बनाइरहेको बेला बुधबार छापावाल सुनको मूल्य १ लाख १ हजार ४०० पुग्दै नयाँ कीर्तिमान कायम भएको हो । नेपालमा सुनको यो मुल्य अहिलेसम्म कै उच्च हो।

यस अघि मंगलबार सुन प्रतितोला ९९ हजार ८ सयमा कारोबार भएको थियो।

त्यस्तै आज तेजावी सुनको मुल्य प्रति तोला एक लाख ९०० मा कारोबार भइरहेको छ।महासंघले आज तेजावी सुनको मूल्य भने १ लाख ९०० रुपैयाँ रहेको बताएको छ । यसैगरी चाँदीको मूल्य आज १ हजार २९५ रुपैयाँ पुगेको छ ।

यसअघि मंगलबार चाँदीको मूल्य १२३० रुपैयाँ रहेको थियो ।

 



ट्रेन्डिङ