अनलाईन थारु डान्सिङ स्टार टप थ्रीमा पुग्यो

अनलाईन थारु डान्सिङ स्टार टप थ्रीमा पुग्यो

चितवन २० साउन । अनलाईन थारु डान्सिङ स्टार टम थ्रीमा पुगेको छ । थुपै्र प्रतिस्पर्धीलाई उछिन्दै बर्दियाको दीपका जिएच,मोरङको विवेक चौधरी र सुन्सरीको प्रकाश चौधरी टप थ्रीमा पुगेका हुन । यि तीनजनावाटै एकजनाले अनलाईन थारु डान्सिङ स्टारको उपाधी पाउनेछन् । आयोजकले अनलाईन भोटीङ मार्फत थारु डान्सिङ स्टार छनौट हुने छन् ।

प्रतिस्पर्धीलाई अनलाईन मार्फत नै भोटिङ गर्न सकिने छ । दर्शक स्रोताहरुकै भोटिङको आधारमा एकजना अनलाईन थारु डान्सिङ स्टार हुनेछ । जारी लक डाउनलाई लक्षित गरेर एवि म्यूजिकले यो कार्यक्रम आयोजना गरेको हो । झण्डै एकमहिना भन्दाबढी समय लगाएर टप थ्री सम्म आइपुगेको आयोजक एवि म्यूजिकका सन्जु (बाबा)माझीले जानकारी दिए ।



ट्रेन्डिङ