नेकपा पार्टीभित्रको विवाद मिलाउन नेताहरुको दौडधुप जारी, आजपनि अध्यक्षद्धय छलफलमा

नेकपा पार्टीभित्रको विवाद मिलाउन नेताहरुको दौडधुप जारी, आजपनि अध्यक्षद्धय छलफलमा

काठमाण्डौं २० साउन । नेकपा पार्टी भित्र देखिएको आन्तरिक विवाद मिलाउन शीषनेताहरुको दौडधुप जारी छ । यस अघि अध्यक्षद्धय प्रचण्ड र ओली पटक पटक वार्ता र छलफलमा बसे । तर निकास निस्किएन । आज फेरि पार्टीभित्र देखिएको विवादका विषयमा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल सुरु भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफल सुरु भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । उनका अनुसार जारी छलफलमा वरिष्ठ नेता झलनाथ खनाल र संसदीय दलका उपनेता सुवास नेम्वाङ पनि सहभागी रहेका छन् ।



ट्रेन्डिङ