ओली र दाहालबीच बालुवाटारमा भेटवार्ता सुरु

ओली र दाहालबीच बालुवाटारमा भेटवार्ता सुरु

काठमाडौं २० साउन। नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता सुरु भएको छ।

भेटमा वरिष्ठ नेता झलनाथ खनाल र सुवास नेम्वाङ पनि सहभागी भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन्।

नेकपाको जारी स्थायी कमिटी बैठकमा उत्पन्न विवाद निरुपणका लागि दुई अध्यक्षबीच केही दिनयता भेटवार्ता चलिहरेको छ।

गत आइतबार र सोमबार पनि उनीहरु छलफलमा जुटेका थिए। तर निष्कर्ष निस्केको थिएन।

 



ट्रेन्डिङ