होम क्वारेन्टाइनमा मृत्यु भएका चितवनका युवाको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ

होम क्वारेन्टाइनमा मृत्यु भएका चितवनका युवाको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ

चितवन २० साउन। होम क्वारेन्टाइनमा मृत्यु भएका चितवनको खैरहनी नगरपालिका–६ का उक्त व्यक्तिको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ ।

बाराको कलैया नगरपालिका–२१ घरभइ हाल घर बनाउने मिस्त्रीको रुपमा काम गर्दै आएका ३६ वर्षका ती व्यक्तिको होम क्वारेन्टिनमै मृत्यु भएको हो।

मृतकसँगै अन्य पाँच जना पनि बाराबाटै उनीहरु आएका थिए । ती व्यक्तिलाई ठेकेदारले एक बोरो कम्पनीको कोठा भाडामा लिएर क्वारेन्टिन भनेर राखेका थिए ।

यस्तै मृतकसँगै रहेका अन्य पाँच जनाको पनि स्वाब संकलन गरी कोरोना भाइरस परीक्षण गरिने स्वास्थ्य शाखा प्रमुख अधिकारीले जानकारी दिनुभयो ।



ट्रेन्डिङ