मंगलबार नेपालमा थप २ सय ५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

मंगलबार नेपालमा थप २ सय ५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

चितवन २० साउन। मंगलबार नेपालमा थप २ सय ५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या २१ हजार ९ जना पुगेको छ ।मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङका क्रममा यसको पुष्टि गरेका हुन् ।

यसैगरी पछिल्लो २४ घण्टामा ६५ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन् ।

आज डिस्चार्ज भएकासहित हालसम्म १५ हजार २६ जना कोरोनाबाट निको भएका छन्।

विगत २४ घण्टामा ७ हजार ६ सय ८७ जनाको पिसिआर परीक्षण भएको छ।

देशभर ५ हजार ९ सय २५ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।

हालसम्म ४ लाख ६ हजारको पिसिआर परीक्षण भएको छ। त्यस्तै हालसम्म मृतक ५८ जनामा कोरोना पुष्टि भएको छ।



ट्रेन्डिङ