बाँकेमा निषेधाज्ञा चार दिन थप

बाँकेमा निषेधाज्ञा चार दिन थप

बाँके २० साउन। बाँके जिल्लामा कोरोना संक्रमित थपिँदै गएपछि जारी निषेधाज्ञा चार दिन बढाइएको छ ।

नेपाल भारत सीमा नाका जोडिएको बाँके जिल्लामा कोरोना संक्रमित थपिँदै गएपछि जारी निषेधाज्ञा चार दिन बढाइएको हो ।

आइतबारदेखि लागु निषेधाज्ञा अवस्था जटिल बन्दै गएपछि शनिबार राति १२ बजेसम्म थप बढाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

बाँके जिल्लास्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी)को मंगलबार बसेको बैठकले २४ साउनसम्मका लागि निषेधाज्ञा जारी राख्ने निर्णय गरेको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले जानकारी दिए ।



ट्रेन्डिङ