PBM News
भारतमा थप ५२ हजार ५० जनामा संक्रमण पुष्टि, संक्रमितको संख्या १८ लाखा ५५ हजार नाघ्यो

एजेन्सी २० साउन। मंगलबार भारतमा थप ५२ हजार ५० जनामा संक्रमण पुष्टि भएको छ।
यससँगै भारतमा कोरोना संक्रमितको संख्या १८ लाखा ५५ हजार सात सय ४६ पुगेको छ ।
संक्रमितमध्ये १२ लाख ३० हजार पाँच सय १० जना निको भइसकेका छन् ।
सक्रिय संक्रमित भने पाँच लाख ८६ हजार दुई सय ९८ जना मात्र छन् ।
पछिल्लो २४ घन्टामा ८ सय ३ जनाको मृत्यु भएको छ ।
हालसम्म मृत्यु हुनेको संख्या ३८ हजार नौ सय ३८ पुगेको छ ।