कर छली रोक्ने सरकारी अड्डाका प्रमुख नै दुई लाख घुससहित पक्राउ

कर छली रोक्ने सरकारी अड्डाका प्रमुख नै दुई लाख घुससहित पक्राउ

बुटवल २० साउन। आज (मंगलबार) कर छली रोक्ने सरकारी अड्डाका प्रमुख नै दुई लाख घुससहित पक्राउ परेका छन् ।

बुटवल–१२ नयाँगाउँमा रहेको राजस्व अनुसन्धान कार्यालयका प्रमुख अनुसन्धान अधिकृत विजय राना चिनी र सुर्ती व्यापारीसँग घुस लिंदै गर्दा बुटवल–१३ बुद्धचोकबाट पक्राउ परेका हुन् ।

व्यापारीसँग मासिकरुपमा घुस असुल्दै आएको भन्ने विशेष सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलको टोलीले स्टिङ अपरेसन गर्दा कार्यालय प्रमुख राना र घुस दिने अनिलकुमार झालाई घुस रकमसहित रंगेहात पक्राउ गरिएको अख्तियारका सूचना अधिकारी सुरेश भुसालले जानकारी दिए ।

राना र झा दुवैलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको सूचना अधिकारी भुसालले जानकारी दिए ।



ट्रेन्डिङ