तीनकुनेस्थित बागमती खोलामा एक पुरूषको शव भेटियो

तीनकुनेस्थित बागमती खोलामा एक पुरूषको शव भेटियो

काठमाडौं २० साउन। काठमाडौंको तीनकुनेस्थित बागमती खोलामा एक पुरूषको शव भेटिएको छ।

मंगलबार दिउँसो दुई बजे भिएस निकेतन स्कुल अगाडिको खोलामा एक पुरूषको शव भेटिएकाे हो।

महानगरीय प्रहरी वृत्त, नयाँ बानेश्वरका डिएसपी दक्षकुमार बस्नेतका अनुसार उनी करिब २५ देखि ३० वर्षका पुरूष हुन्।

‘खोलामा बग्दै आएको शव हो कसको हो भन्ने पहिचान भइसकेको छैन,’ डिएसपी बस्नेतले भने, ‘अहिले खोलाबाट हामीले शवलाई निकाली सकेका छौं।’

 



ट्रेन्डिङ