Banner News
अख्तियारको केन्द्रीय कार्यालयमा कार्यरत १५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

चितवन २० साउन। अख्तियार दुरूपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय टंगालमा कार्यरत १५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
१ सय ८० जनाको स्वाब परीक्षण गर्दा १५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
संक्रमण देखिएकामध्ये १४ प्रहरी र एक सिभिल ड्राइभर हुन् भने प्रमुख आयुक्तसहित अन्य पदाधिकारीहरूको रिपोर्ट नेगेटिभ आएको छ।
पछिल्लो समय प्रहरी प्रधान कार्यालयमा ७२ जनालाई कोरोना संक्रमण पुष्टि भएको थियो।