चितवनको माडीमा ट्रकको ठक्करबाट एक बालिकाको मृत्यु

चितवनको माडीमा ट्रकको ठक्करबाट एक बालिकाको मृत्यु

काठमाडौं २० साउन। आज (मंगलबार) चितवनको माडीमा ट्रकको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय माडीका अनुसार मृत्यु हुनेमा माडी नगरपालिका–९ की करिब ५ वर्षीया खुश्बु दुरा रहेकि छिन् ।

बगहीबाट बसन्तपुरतर्फ आउँदै गरेको ना ५ ख ६९७९ नम्बरको ट्रकले बगही–बसन्तपुर सडकखण्ड अन्तर्गत गाविन्दबस्तीमा ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

ठक्कर दिन ट्रक र चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



ट्रेन्डिङ