कोरोना महामारीको उच्च जोखिममा चितवन, होम क्वारेन्टिनमा रहेका एकजनाको मृत्यु

कोरोना महामारीको उच्च जोखिममा चितवन, होम क्वारेन्टिनमा रहेका एकजनाको मृत्यु

चितवन २० साउन । कोरोनाको उच्च जोखिममा चितवन पर्दै गएको छ । कोरोना महामारीका बीच खुलेका बजार र यहाँ भइरहेको चहलपहलले कोरोना महामारी नै छैन कि झै देखिन्छ । राजमार्ग देखि यहाँका बजार व्यवसाय, उद्योग कलकारखाना स्वतस्र्फुत रुपमा खुल्न थालेपछि जोमि झन बढ्न थालेको हो ।
चितवन प्रशासनले कोरोना महामारीलाई लक्षित गरेर मास्क लगाउन अनिवार्य भनेको छ । सोही अनुसार चितवनमा मास्क नलगाउनेलाई कार्वाही गर्ने कार्यलाई तीब्रता बनाएपनि बाहिर जिल्लाबाट चितवन भित्रीने क्रम रोकिएको छैन । चितवन प्रवेश गर्ने नाकाहरु पूर्ण रुपमा खुल्ला छन् । विस्तारै समुदाय तर्फ कोरोना भित्रीने डर बढ्दै गएको छ ।

चितवनमा फेरि एकजनाको मृत्यृुः

चितवनमा थप एक जना व्यक्तिको होम क्वारेन्टिनमा मृत्यु भएको छ । पूर्वीचितवनको खैरहनी नगरपालिका–६ मा घर बनाउने ठेकेदारले ल्याएका बाराका एक व्यक्तिको गयराती मृत्यु भएको हो । ती व्यक्ति घर बनाउने मिस्त्री हुन् । बाराको कलैया नगरपालिका–२१ का ३६ ती व्यक्तिको होम क्वारेन्टिनमै मृत्यु भएको खैरहनी नगरपालिका वडा नंंं. ६ का वडाध्यक्ष रामशरण पाण्डेले जानकारी दिए ।

मृतकसंगै अन्य पाँच जना पनि बाराबाटै उनीहरु आएका थिए । ती व्यक्तिहरुलाई ठेकेदारले एक बोरो कम्पनीको कोठा भाडामा लिएर क्वारेन्टिन भनेर राखेका थिए । ठेकेदारलाई पटक–पटक बाहिरबाट कामदार नल्याउन भन्दा भन्दै पनि जबरजस्ती ल्याएको वडाध्यक्ष पाण्डेको भनाई छ ।

मृतक व्यक्तिको शव भरतपुर अस्पताल पठाउन लागिएको खैरहनी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख अनुप अधिकारीले जानकारी दिनुभयो । उनको भरतपुरमै स्वाब संकलन गरी कोरोना परीक्षण गरिने छ । यस्तै मृतकसंगै रहेका अन्य पाँच जनाको पनि स्वाब संकलन गरी कोरोना भाइरस परीक्षण गरिने स्वास्थ्य शाखा प्रमुख अधिकारीले जानकारी दिनुभयो ।

यसअघि कालिका नगरपालिका–८ का एक पुरुषको पनि होम क्वारेन्टिनमै मृत्यु भएको थियो । भारतबाट आएका ती व्यक्तिको कोरोना रिपोर्ट भने नेगेटिभ आएको थियो ।



ट्रेन्डिङ