बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत घुससहित पक्राउ

बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत घुससहित पक्राउ

बुटवल १९ साउन। अख्तियार दुरुपयोग अनुसनधान आयोगले बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत र सहायक संरक्षण अधिकृतलाई स्रोत नखुलेको नगदसहित पक्राउ गरेको छ ।

बाँके राष्ट्रिय निकुञ्ज बाँकेका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराई र सहायक संरक्षण अधिकृत विष्णु रोकाय स्रोत नखुलेको रकम ८ लाख ९८ हजार रुपैयाँसहित पक्राउ परेका हुन्।

आयोगले उनीहरुलाई सोमबार रुपन्देहीबाट नियन्त्रणमा लिएको हो ।

उनीहरु रुपन्देहीकाे सैनामैना नगरपालिका वडा नं. १० बाट पक्राउ परेका हुन्। उनीहरुमाथि थप अनुसन्धान गर्न आयोगको केन्द्रीय कार्यालय पठाइएको छ।

 

 

 

 



ट्रेन्डिङ