PBM News
प्रदेश २ को मुख्यमन्त्री कार्यालयका ६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

धनुषा १९ साउन। धनुषामा प्रदेश २ को मुख्यमन्त्री कार्यालयका ६ जनासहित ३० जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्।
जनकपुरधामको प्रादेशिक अस्पतालमा गरिएको परीक्षणको क्रममा मुख्यमन्त्री कार्यालयका एक जना अधिकृत, एक जना ट्राफिक प्रहरी, २ सवारी चालक र दुई जना कार्यालयकै अन्य कर्मचारी गरी ६ जनासहित ३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो।
दुई दिनअघि गरिएको स्वाब संकलनको रिपोर्ट हिजो राति आएपछि उनीहरूमा संक्रमण पुष्टि भएको हो।