Banner News
विराटनगरमा कोरोना भाइरस संक्रमणबाट एक जनाको मृत्यु

मोरङ १९ साउन। विराटनगरमा कोरोना भाइरस संक्रमणबाट एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा विराटनगर– ५, आदर्श टोलका ७७ वर्षीय पुरुष छन् ।
योसँगै मोरङमा कोरोनाबाट दुई जनाले ज्यान गुमाएका छन् ।
उनलाई ज्वरो आउने, श्वासप्रश्वासमा समस्या देखिएपछि सोमबार बिहान ९ बजे कोसी अस्पताल विराटनगरमा भर्ना गरिएको थियो ।
कोसी अस्पतालका प्रवक्ता लक्ष्मिनारायण यादवका अनुसार श्वासप्रश्वास समस्या लिएर सोमबार आएपछि उनलाई आइसोलेसनमा राखेर स्वाब परीक्षण गर्दा कोभिड-१९ पोजिटिभ देखिएको थियो ।