मन्त्रिपरिषद्को नियमित बैठक बस्दै, कोरोनाबारे महत्त्वपूर्ण निर्णय हुनसक्ने

मन्त्रिपरिषद्को नियमित बैठक बस्दै, कोरोनाबारे महत्त्वपूर्ण निर्णय हुनसक्ने

काठमाडौं १९ साउन। आज (सोमबार) मन्त्रिपरिषद्को नियमित बैठक बस्दै छ । सोमबार साँझ ५ बजेपछिका लागि बैठक डाकिएको एक मन्त्रीले जानकारी दिए ।

ती मन्त्रीका अनुसार आजको बैठक नियमित भएपनि कोरोनाको विषयमा थप छलफल गरी महत्त्वपूर्ण निर्णय हुन सक्छ ।

पछिल्लो समय उपत्यकासहित देशभर कोरोना संक्रमितको संख्या थपिएसँगै अब कसरी अघि बढ्ने भन्नेबारे गम्भीर छलफल गरेर निर्णयमा पुगिने ती मन्त्रीको भनाइ छ ।

यसका लागि सीसीएसीको बैठकमा पनि आवश्यक छलफल भएको र मन्त्रिपरिषद्मा थप छलफल गरेर टुंगोमा पुगिने उनको भनाइ छ ।

सरकारले हाल लकडाउन खोलिसकेको अवस्थामा फेरि लकडाउन गर्ने या अन्य मोडल अपनाउने भन्नेबारे बहस हुँदै आएको छ ।



ट्रेन्डिङ