काठमाडौं उपत्यकामा सोमबार ५२ जना व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि

काठमाडौं उपत्यकामा सोमबार ५२ जना व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि

काठमाडौं १९ साउन। काठमाडौं उपत्यकामा सोमबार ५२ जना व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा उपत्यकामा ५२ जना संक्रमित थपिएको जानकारी दिए।

संक्रमितमध्ये काठमाडौंका ४४, ललितपुरका ३ र भक्तपुरका ५ जना छन्। उनीहरूको उपत्यकाका प्रयोगशालाहरूमा परीक्षण गरिएको हो।

शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका १७ जना, राष्ट्रिय प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा काठमाडौंका आठ र भक्तपुरका एकजनामा संक्रमण पुष्टि भएको हो ।

त्यसैगरी वीर अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका दुईजना, नेपाल प्रहरी अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका दुईजना, त्रिवि शिक्षण अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका एकजनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

स्टार अस्पताल सानेपामा गरिएको परीक्षणमा काठमाडाैंका पाँच र ललितपुरका एकजनामा संक्रमण भेटिएको हो । वीरेन्द्र अस्पताल छाउनीमा गरिएको परीक्षणमा काठमाडौंका तीनजनामा संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।



ट्रेन्डिङ