भारतमा कोरोना संक्रमितको संख्या १८ लाख नाघ्यो

भारतमा कोरोना संक्रमितको संख्या १८ लाख नाघ्यो

एजेन्सी १९ साउन। भारतमा कोरोना संक्रमितको संख्या १८ लाख नाघेको छ ।

पछिल्लो २४ घण्टामा भारतका ५२ हजार ९७२ जनामा कोरोना भाइरस पोजेटिभ देखिएपछि कुल संक्रमितको संख्या १८ लाख ३ हजार ६९६ पुगेको भारतको केन्द्रिय स्वास्थ्य मन्त्रालयले सोमबार जानकारी दिएको छ ।

भारतमा गत २४ घण्टामा कोरोना भाइरसको संक्रमणका कारण ७७१ जनाको मृत्यु भएको छ ।

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३८ हजार १३५ पुगेको छ ।

सरकारी अधिकारीका भारतमा कोरोना भाइरस संक्रमितमध्ये एघार लाख ८६ हजार २०३ व्यक्ति निको भएर फर्किएका छन् ।

हाल भारतमा पाँच लाख ७९ हजार ३५७ जना कोरोना भाइरस संक्रमित अवस्थामा रहेका छन् ।

 



ट्रेन्डिङ