मलेसियामा सेक्युरिटी गार्डलाई कुट्ने पनि नेपाली नै

मलेसियामा सेक्युरिटी गार्डलाई कुट्ने पनि नेपाली नै

चितवन १९ साउन। केही दिनअघि सामाजिक सञ्जालमा भाइरल भएको  भिडियोमा मलेसियामा कार्यरत एक जना नेपाली सेक्युरिटी गार्डलाई निर्मम तरिकाले कुटपिट गरिएको थियो। ड्युटीमै रहेका बेला कुटपिट भएपछि ती सेक्युरिटी निरिह देखिन्छन्।

सामाजिक सञ्जालमा भिडिओ भाइरल भएपछि क्वालालम्पुरस्थित नेपाली राजदूतावासले उक्त घटनाबारे अनुसन्धान थालेको थियो।

सोमबार विज्ञप्ति जारी गर्दै दूतावासले कुट्ने र कुटिने दुबै जना नेपाली नागरिक भएको जनाएको छ।

उक्त घटना ७ जुलाईमा क्वालालम्पुरस्थित एमथ्री मलमा भएको हो। कुट्ने व्यक्ति सुपरभाइजरको रूपमा काम गर्ने कपिलवस्तुका रामगोपाल नुराउ हुन्। उनले सोही मलमा सेक्युरिटी गार्डको काम गर्ने इस्लाम हुसेनलाई कुटेका हुन्।

‘मलेसियाको अध्यागमन कानुनअनुसार पीडक र पीडित दुबै जना मलेसियामा अवैधानिक अवस्थामा रहेको देखिएको छ,’ दूतावासले भनेको छ।

दूतावासका अनुसार पीडक नुराउ आफैं मलेसियन प्रहरी सक्षम उपस्थित भएका छन्।

घटनाबारे थप अनुसन्धान र कारबाही मलेसियन प्रहरीले गर्ने दूतावासले जनाएको छ।



ट्रेन्डिङ