काठमाडौंको कालोपुलमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

काठमाडौंको कालोपुलमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

काठमाडौं १९ साउन। आज काठमाडौं महानगरपालिका-७ कालोपुलमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

सोमबार बिहान कालोपुलस्थित सडकमा बा ६७ प ४८१८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चाबहिल बस्ने दोलखाका ३० वर्षीय तासी शेर्पाको मृत्यु भएको हो।

दुर्घटनामा गम्भीर घाइते शेर्पाको उपचारका क्रममा राष्ट्रिय ट्रमा सेन्टरमा आज बिहान मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।



ट्रेन्डिङ