करेन्ट लागेर दाजुभाइको मृत्यु

करेन्ट लागेर दाजुभाइको मृत्यु

बुटवल १९ साउन। सोमबार बिहान दाङमा करेन्ट लागेर  दुई जनाको मृत्यु भएको छ । मृतक दाजुभाइ हुन् ।

जिल्ला प्रहरी कार्यालय दाडका अनुसार घोराही उपमहानगरपालिका वडा नम्बर १ हर्नौक निवासी १० वर्षीय तेजबहादुर रावत र १४ वर्षीय वीरबहादुर रावतको करेन्ट लागेर मृत्यु भएको छ ।

सोहि घटनामा ३७ वर्षीय दिलबहादुर रावत पनि घाइते भएका छन् ।

उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको छ।

बारीमा जंगली बँदेल आएर मकै आएपछि मार्नको जोडिएको करेन्टमा परी दुई जनाको मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।



ट्रेन्डिङ