१७ दिनदेखि अनसन बसेका अभियन्ता ई अस्पताल भर्ना

१७ दिनदेखि अनसन बसेका अभियन्ता ई अस्पताल भर्ना

काठमाडौं १९ साउन। इनफ इज इनफका अनसन बसेका अभियन्ता ई अस्पताल भर्ना भएका छन्।

१७ दिनदेखि अनसन बसेका अभियन्ता ई अस्पताल भर्ना भएका हुन्।

सोमबार बिहान उनको स्वास्थ्यमा समस्या देखिएपछि ह्याम्स अस्पतालमा भर्ना गरिएको इनफ इज इनफका अभियन्ता पुकार बमले जानकारी दिए।

अनशनरत ईले आइतबारदेखि सलाइन पानी समेत लिन छाडेका थिए।

‘आइतबारदेखि सलाइन नलिई बसिरहेका थिए, सुगरको मात्रा घट्दै गयो। किड्नी र पिसाबमा एसिटनको लेभल कम देखिएपछि डाक्टरहरूले अस्पताल लग्न भन्नुभयो,’ अभियन्ता बमले भने।

 



ट्रेन्डिङ