भीरबाट झरेको ढुंगाले लागेर भत्ता बुझ्‍न गएका वृद्धको मृत्यु

भीरबाट झरेको ढुंगाले लागेर भत्ता बुझ्‍न गएका वृद्धको मृत्यु

फिदिम १९ साउन। भीरबाट झरेको ढुंगाले लागेर फिदिम नगरपालिका ११ का ८२ वर्षीय हरीप्रसाद श्रेष्ठको सोमबार बिहान मृत्यु भएको छ ।

वृद्धाभत्ता थाप्न आइतबार श्रीमतीसँग फिदिम आएका श्रेष्ठ घर फर्कने क्रममा साँझ परेपछि आफन्तकोमा बास बसेका थिए । बिहान सबेरै उठेर घर जाने क्रममा भीरबाट खसेको ढुंगाले लागेर उनको मृत्यु भएको हो ।

मृतक श्रेष्ठको टाउकोमा चोट देखिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्ष सिद्धराज न्यौपानेले जानकारी दिए ।

सेजेपाको भीरबाट झरेको ढुंगा श्रेष्ठको टाउकोमा बज्रिदा उनको घटनास्थलमै मृत्यु भएको हो ।



ट्रेन्डिङ