युएईमा गत चार महिना भित्र १ सय १ जना नेपालीको ज्यान गयो

युएई १९ साउन। संयुक्त अरब एमिरेट्स (युएई) मा गत चार महिना भित्र विभिन्न कारणले १ सय १ जना नेपालीको ज्यान गएको छ।
गएको चार महिनामा विभिन्न कारणले १ सय १ जना नेपालीको ज्यान गएको युएई स्थित नेपाली दूतावासले जनाएको हो।
त्यसमध्ये ३२ जनाको कोरोनाका कारणले मृत्य भएको छ। कोरोनाका कारण मृत्यु हुने मध्ये १ महिला र बाँकी पुरुष रहेका छन् ।
कोरोनाको कारण मृत्यु भएका ३२ जना सहित ६१ जनाको शव यूएईमै अन्त्येष्टि गरिएको नेपाली दूतावास आबुधावीले जनाएको छ।
शवको अन्त्येष्टि गर्न दूतावासले ‘नो अब्जेक्सन’ जारी गरेको थियो।बाँकी ४० जनामध्ये १६ जनाको शव चार्टर उडान मार्फत नेपाल पठाइएको छ ।
१६ जनाको शव नेपाल फर्काउने तयारीमा रहेको छ,भने ८ जनाको शव अनुसन्धानका लागि विभिन्न अस्पतालको शवगृहमा राखिएको दूतावासले जनाएको छ।