ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको वार्ता सकियो, जनैपूर्णिमाको शुभकामना साटासाटमै सीमित

ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको वार्ता सकियो, जनैपूर्णिमाको शुभकामना साटासाटमै सीमित

काठमाडौं १९ साउन। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको वार्ता सकिएको छ ।

केही दिन अवरुद्ध भएर आइतबारबाट सुरु भएको दुई नेताबीचको सोमबारको संवादमा पनि ठोस सहमति हुन नसकेको हो ।

‘सुरुमा जनैपूर्णिमाको शुभकामना साटासाट भयो । त्यसपछि विषयवस्तुमा प्रवेश भएपनि कुनै सहमति हुन सकेन’ ओली प्रचण्डसँगको वार्तामा सहभागी एक नेताले भने, ‘वार्ताको निरन्तरता मात्रै भयो । अरु केही प्रगति भएन ।’

प्रधानमन्त्री निवास बालुवाटारमा बिहान सवा ९ बजेबाट सुरु भएको वार्तामा दुवै नेताले आ–आफ्ना तर्फबाट नेता झलनाथ खनाल र सुवास नेम्वाङलाई पनि सहभागी गराएका थिए ।

खनाल प्रचण्ड र नेम्वाङ ओलीका तर्फबाट वार्तामा सहभागी भएका हुन् ।

 



ट्रेन्डिङ