भारतमा एकै दिन ५२ हजारभन्दा बढी कोरोना संक्रमित थपिए

भारतमा एकै दिन ५२ हजारभन्दा बढी कोरोना संक्रमित थपिए

एजेन्सी १९ साउन। भारतमा एकै दिन ५२ हजारभन्दा बढी कोरोना संक्रमित थपिएका छन्। आइतबार ५२ हजार ९ सय ७२ संक्रमित थपिएका छन्।

योसँगै भारतमा संक्रमितको संख्या १८ लाख ३ हजार ६ सय ९५ पुगेको छ।

यस्तै, आइतबार ७ सय ७१ जनाको मृत्यु भएको छ। भारतमा हालसम्म ३८ हजार १ सय ३५ जनाको मृत्यु भइसकेको छ।

भारतमा सक्रिय कोरोना संक्रमितको संख्या ५ लाख ७९ हजार ३ सय ५७ छ भने ११ लाख ८६ हजार २ सय ३ जना निको भइसकेका छन्।

पछिल्लो आँकडाअनुसार सबैभन्दा बढी प्रभावित महाराष्ट्रमा संक्रमितको संख्या ४ लाख ४१ हजार २ सय २८ पुगेको छ भने त्यहाँ १५ हजार ५ सय ७६ जनाको मृत्यु भएको छ।



ट्रेन्डिङ