पहिरोले पुरिएर दुई जनाको मृत्यु

पहिरोले पुरिएर दुई जनाको मृत्यु

काठमाडौं १९ साउन। सिन्धुपाल्चोकमा पहिरोले पुरिएर दुई जनाको मृत्यु भएको छ।

सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका वडा नम्बर २ बरुवामा पहिरोले पुरिएर दुई जनाको मृत्यु भएको हो।

मृत्यु हुनेमा यज्ञबहादुर क्षेत्री र उनकी श्रीमती लक्ष्मी छिन् । गएराति करिब २ बजेतिर आएको पहिरोले उनीहरुलाई पुरेको थियो ।

पहिरोबाट दुवै जनाको शव निकालिएको गाउँपालिका अध्यक्ष टासी लामाले जानकारी दिए ।

 



ट्रेन्डिङ