ओली र प्रचण्डबीच बालुवाटारमा छलफल शुरु

ओली र प्रचण्डबीच बालुवाटारमा छलफल शुरु

काठमाडौँ १९ साउन। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच बालुवाटारमा छलफल शुरु भएको छ । आजको छलफलमा पनि सचिवालय सदस्य झलनाथ खनाल र स्थायी कमिटी सदस्य सुवास नेम्वाङलाई साथमा राखिएको छ ।

हिजो (आइतबार) भएको छलफलमा कुनै निष्कर्ष ननिस्केकाले आज पनि छलफल गर्न लागिएको हो। हिजो भएकै वर्ताको निरन्तरता आजको वार्ता रहेको बालुवाटार स्रोतले जनाएको छ ।

साउन १३ गते बसेको स्थायी कमिटीको बैठकबाट प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीसँग छलफल गरेर पार्टीलाई निकास दिने जिम्मेवारी पाएका अध्यक्ष प्रचण्डले हिजोदेखि प्रधानमन्त्री ओलीसँग छलफल गरिरहेका छन् ।

हिजो भएको वार्तामा पनि दुवैजना अध्यक्ष आ–आफ्नो अडानमा अडिग भए पनि वार्तालाई निरन्तरता दिनेमा दुवैजनामा सहमति भए अनुसार छलफल भइरहेको छ । प्रधानमन्त्री ओलीले महाधिवेशन गराएर पार्टीको विवादलाई निकास दिनुपर्छ भन्ने अडानमा छन् भने अध्यक्ष प्रचण्डले स्थायी कमिटी र केन्द्रीय कमिटीको बैठकबाट निकास निकाल्नुपर्ने अडानमा छन् ।

 



ट्रेन्डिङ