उपत्यकामा कुनै पनि बेला भयावह स्थिति आउन सक्छ: स्वास्थ्य मन्त्री भानुभक्त ढकाल

उपत्यकामा कुनै पनि बेला भयावह स्थिति आउन सक्छ: स्वास्थ्य मन्त्री भानुभक्त ढकाल

चितवन १८ साउन। स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले काठमाडौं उपत्यकामा संक्रमणको जोखिम बढेको बताएका छन्।

मन्त्री ढकालले संक्रमण अझै बढ्दै गयो भने उपत्यकामा कुनै पनि बेला भयावह स्थिति आउने बताएका हुन्।

उनले उपत्यकामा संक्रमण नियन्त्रण गर्न नयाँ रणनीति अनुसार अगाडि बढ्न लागेको बताए।

‘बाहिरी जिल्लाबाट उपत्यका आउने व्यक्तिलाई क्वारेन्टिनमा राख्ने, जोर बिजोर प्रणालीबाट सवारी साधन सञ्चालन गर्ने र पिसिआर परीक्षणलाई बढाउने तयारी छ,’ मन्त्री ढकालले भने।

उनले काठमाडौंजस्तो ठूलो जनघनत्व रहेको वस्तीमा संक्रमण सल्कियो भने त्यो नियन्त्रण बाहिर जाने बताए। उनी भन्छन्, ‘काठमाडौंमा आगोजसरी सल्कियो भने त्यो अरु गाउँमा वा सानो सहरमाभन्दा विस्फोटक हुनसक्छ।’

त्यस्तै काठमाडौंका विभिन्न नाकामा स्वाब संकलन गरिएकाहरुमा पनि संक्रमण देखिएकाले काठमाडौंभित्र आउने सबैलाई होम क्वारेन्टाइन अथवा स्थानीय क्वारेन्टाइनमा अनिवार्य बस्नुपर्ने व्यवस्था गर्नुपर्छ,’ मन्त्री ढकालले भने।



ट्रेन्डिङ