आरडीटी परीक्षण विधि देशभर बन्द

आरडीटी परीक्षण विधि देशभर बन्द

चितवन १८ साउन। सरकारले कोरोना संक्रमण निदानका लागि प्रयोग गर्दै आएको र्‍यापिड डाइअग्नस्टिक टेस्ट (आरडीटी) परीक्षण विधि देशभर बन्द गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले आरडीटी परीक्षण नगर्न प्रदेश सरकार, स्थानीय सरकार र देशभरका अस्पताललाई सूचना जारी गरिसकेको जानकारी दिए।

सरकारको साउन १४ गतेको निर्णयअनुसार स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. गौतमले अबदेखि कुनै पनि स्वास्थ्यसम्बन्धी निकायबाट आरडीटी परीक्षण नहुने बताए।

आरडीटी विधिबाट गरिएको कोरोना परीक्षण रिपोर्ट  सही नहुने भन्दै चर्को विरोध हुँदै आएको थियो।

 



ट्रेन्डिङ