भारतका गृहमन्त्री अमित शाहलाई कोरोना संक्रमण

भारतका गृहमन्त्री अमित शाहलाई कोरोना संक्रमण

एजेन्सी १८ साउन। भारतका गृहमन्त्री अमित शाहलाई कोरोना संक्रमण भएको छ ।

डाक्टरको सल्लाहमा उनलाई मेदन्त अस्पतालमा भर्ना गरिएको छ।

गृहमन्त्री शाहले आइतबार दिउँसो ट्विट गर्दै आफूलाई कोरोनाको संक्रमण भएको जानकारी दिएका छन्।

‘कोरोनाका सुरूआती लक्षण देखिएपछि मैले परीक्षण गराएको थिएँ र रिपोर्ट पोजेटिभ आएको छ। मेरो स्वास्थ्य अवस्था ठिक छ तर डाक्टरहरूको सल्लाहमा अस्पताल भर्ना भएको छु,’ शाहले ट्विटमा भनेका छन्,‘मेरो अनुरोध कि तपाईंहरूमध्ये केही दिनयता मेरो सम्पर्कमा आएका व्यक्तिहरूले आफूलाई आइसोलेसनमा राखेर परीक्षण गराउनु होला।’

भारतमा कोरोना संक्रमण हुने भारत सरकारका उच्च अधिकारी हुन्।



ट्रेन्डिङ