Banner News
२४ घन्टामा कोरोनाका २ सय ४६ जना संक्रमित थपिए

चितवन १८ साउन। आइतबार देशभर कोरोनाका २ सय ४६ जना संक्रमित थपिएका छन्। यीसहित हालसम्म संक्रमितको संख्या २० हजार ३ सय ३२ पुगेको छ।
त्यस्तै २४ घण्टामा १ सय ११ जना कोरोनाबाट निको भइ घर फर्किएका छन्। यीसहित कुल निको हुनेको संख्या १४ हजार ६ सय ३ पुगेको छ।
नेपालमा कुल संक्रमितमध्ये ८० प्रतिशत निको भइसकेको प्रवक्ता गौतमले बताए।
त्यस्तै विगत २४ घण्टामा विभिन्न प्रयोगशालाबाट ८ हजार ६ सय ७२ जनाको पिसिआर परीक्षण गरिएको छ।
हालसम्म मृतक ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।