उत्तर कोरियामा कोरोनाका कारण देशभर लकडाउन र संकटकाल

उत्तर कोरियामा कोरोनाका कारण देशभर लकडाउन र संकटकाल

एजेन्सी १८ साउन। उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले हालै लकडाउन सहित संकटकाल घोषणा गरेका छन् । सीमाक्षेत्रमा पर्ने काएसोङ सहरमा पहिलो कोरोना संक्रमित भेटिएपछि देशमा स्वास्थ्य संकटकाल घोषणा गरिएको हो ।

कोरोनाभाइरस महामारी २०१९ को डिसेम्बरदेखि फैलिए पनि जुलाईको अन्त्यसम्म कोही पनि संक्रमित नभएको दावी उत्तरले गर्दैआएको थियो । पछिल्लो साता प्योङयाङमा पनि एक महिलालाई संक्रमण भएको दक्षिण कोरियाली मिडियाले खबर सार्वजनिक गरेका थिए ।

चीनको छिमेकी देश उत्तर कोरियाले आफ्ना सीमा पहिलेदेखि नै कडा बनाउने गरेको छ । यद्यपि एक महिनाअघि मात्रै महामारीबाट बच्न सावधानी अपनाउनुपर्ने भन्दै राजनीतिक नेताहरुबीच छलफल चल्ने गरेको थियो । लकडाउन र संकटकाल कस्तो प्रकृतिको भन्ने बारे विस्तृत सूचना भने सार्वजनिक भइसकेको छैन ।



ट्रेन्डिङ