कोरोनासंक्रमणबाट मृत्यु हुनेहरुको संख्याका हिसाबले मेक्सिको तेस्रो नम्बरमा

कोरोनासंक्रमणबाट मृत्यु हुनेहरुको संख्याका हिसाबले मेक्सिको तेस्रो नम्बरमा

एजेन्सी १८ साउन। कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेहरुको संख्याका हिसाबले मेक्सिको तेस्रो नम्बरमा पुगेको छ।

मेक्सिकोमा हालसम्म ४७ हजार ४ सय ७२ जनाको मृत्यु भएको छ भने ४ लाख ३४ हजार १ सय ९३ जना संक्रमित भएका छन्।

यसअघि बेलायत ४६ हजार २ सय ७८ मृत्युसँगै मृतकको संख्यामा तेस्रो नम्बरमा थियो। मेक्सिकोकोले बेलायतलाई समेत उछिनेको हो।

सबैभन्दा धेरै मृत्यु अमेरिकामा १ लाख ५४ हजार ४ सय ४९ जनाको भएको छ भने त्यसपछि ब्राजिल छ, जहाँ ९३ हजार ५ सय ६३ को मृत्यु भएको छ।

मेक्सिकोका अधिकारीहरुले संक्रमितको वास्तविक संख्या योभन्दा धेरै हुनसक्ने आँकलन गरेका छन्। मेक्सिकोमा गत मध्यजुनबाट लाखौं मजदूरहरु काममा फर्केसँगै संक्रमण ह्वात्तै बढेको हो।



ट्रेन्डिङ